प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०८०
अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०८-२९

    कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. ९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २० को रमेश साउद र ऐ.न.पा. १ बस्ने बर्ष २७ को पदम राज भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । निज दुबै जनाले लागू औषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले खानतलासी गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

“लागू औषध बिरुद्वको महाअभियान, २०८०” अन्तरगत जनचेतनामूलक प्रशिक्षण ।
२०८०-०८-२८

कैलाली:- लागू औषध दुरुपयोगको समस्या प्रतिदिन तिव्र रुपमा बढदै गई यसबाट बिशेष गरेर किशोर किशोरीहरु प्रभाबित हुन पुगेको अबस्थामा यसलाई न्यूनीकरण गर्नका लागि “लागू औषध बिरुद्वको महाअभियान,२०८०” कार्यक्रम अन्तर्गत आज मिति २०८०।०८।२८ गते बिहीबारका दिन जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका वडा नं.१४ डि गाँउ स्थित श्री जन-जागृती माध्यमिक बिद्यालयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको सहकार्य र समन्वयमा लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो । उक्त कार्यक्रममा बिद्यालयका प्राचार्य टेक बहादुर क्षेत्री लगायत कक्षा ११ र १२ मा अध्ययनरत छात्र, छात्राहरु गरि जम्मा १०० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीका प्रहरी उपरीक्षक श्री श्याम सिंह चौधरीले उपस्थित छात्र,छात्राहरुलाई लागू औषध बिरुद्धको महाअभियान,२०८० कार्यक्रम अन्तर्गत लागू औषधको परिचय,सेवनकर्तामा देखिने लक्षण, समग्र रुपमा पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा जनचेतनामुलक प्रशिक्षण प्रदान गर्नुका साथै उक्त प्रशिक्षणमा सहभागीहरुबाट लागू औषध सम्बन्धी सोधिएका जिज्ञासाहरुको समेत सम्बोधन गर्नु भएको थियो ।     

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०८-२८

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.३ कर्मदेबघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४३,४४०।– बराबरको चिनी.बिडी,सुर्ती,गुट्का लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३५,७००।– बराबरको चिनी.मिश्री,खानेतेल,गुड,प्लाष्टिक रसि लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०८-२७

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,७२०।– बराबरको चिनी.मसला,बिडी,सलाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।बैतडी:- बैतडी जिल्लाको बिभिन्न स्थानहरु, दशरथचन्द न.पा. ८ घोचा भन्ने स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,५५०।– बराबरको धागो, जिरा, बिलेट, सलाई, टाउजर, कापी, चप्पल, खाने तेल लगायतका सामानहरु र दशरथचन्द न.पा. ८ झुलाघाटबाट अन्दाजी मूल्य रु. ९,९५०।–बराबरको सलाई,वदाम,चिनी,पेठा मिठाई,गुड पट्टी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२८,५००।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ चौराह स्थित भित्री सडक खण्डवाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.८५,०००।– बराबरको माछा र मोटरसाइकल थान-१ मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरि आबश्यक प्रक्रिया पुरा गरि उक्त माछा प्रहरीले नष्ट गरेको हो । 

अनलाईन ठगी गर्ने गिरोह पक्राउ
२०८०-०८-०७

धनगढी, ७ मंसिर            अनलाईन मार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरुमा जिल्ला डोटी,शिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, जिल्ला,कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, जिल्ला कञ्चनपुर,बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रिन्सु टापु रहेका छन् ।             जिल्ला कैलाली,धनगढी उप-महानरपालिका-५ तारानगर स्थित शिवदत्त पाण्डेयको घरमा बिशाल सुनार समेतले अबैध रुपमा आई.टी. सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी बिशेष गरि पोल्याण्ड लगायतका नागरिकहरुलाई VICIDIAL सफ्टवेयरको प्रयोग गरि अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल ९ थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।